AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • समाचार
  • धितोपत्र बोर्डले रोक्यो घोराही सिमेन्टको आईपीओ

धितोपत्र बोर्डले रोक्यो घोराही सिमेन्टको आईपीओ

  • सोमवार, असार ४, २०८०
धितोपत्र बोर्डले रोक्यो घोराही सिमेन्टको आईपीओ

 काठमाडौं – नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोक्ने निर्णय गरेको छ

फर्जी आवेदन भरेर लगानीकर्तालाई भ्रममा पारिएको समाचार सार्वजनिक भएपछि बोर्डले सोमबार यस्तो निर्णय गरेको हो । आईपीओमा झुटा आवेदन परेको देखिएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको थियो ।

सिमेन्ट कम्पनीको आईपीओमा माग भन्दा धेरै आवेदन परेपछि पनि म्याद थपका लागि अनुरोध भएको र यसबारे स्पष्टीकरण माग गर्दा प्राप्त नभएको बोर्डले जनाएको छ ।

बोर्डले सर्वसाधारण लगानीकर्ताको सुरक्षा र हितलाई मध्यनजर राख्दै रेटिङ र सार्वजनिक निष्कासन सम्बन्धी कैफियत जाँचबुझका लागि सार्वजनिक निष्कासन प्रक्रिया स्थगित गरिएको जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार