AarthikBikash
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेस बैठक : सरकार पूर्वाग्रही भएर सांसद शर्मा पक्राउ परेकाे ठहर

कांग्रेस बैठक : सरकार पूर्वाग्रही भएर सांसद शर्मा पक्राउ परेकाे ठहर

  • शुक्रबार, साउन २६, २०८०
कांग्रेस बैठक : सरकार पूर्वाग्रही भएर सांसद शर्मा पक्राउ परेकाे ठहर

काठमाडौं-नेपाली कांग्रेसले सांसद सुनिल शर्मा पक्राउ परेकोप्रति आपत्ति जनाएको छ।

शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकमा सांसदहरूले सरकार पूर्वाग्रही भएर सांसद शर्मा पक्राउ परेकाे ठहर गरेका हुन् ।

सांसद अर्जुननरसिंह केसीले सांसद शर्मा पक्राउ शंकास्पद रहेको बताए।

‘सुन प्रकरणमा अर्थमन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको हुनाले सांसद शर्मालाई पक्राउ गरिएको त होइन?,’ केसीले आश‌ंका व्यक्त गरे। सांसद शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने विषय राखेका थिए।

सांसद श्याम घिमिरेले शर्माको अभिव्यक्तिलाई लिएर प्रतिशोध साँधेर पक्राउ गरेको आरोप लगाए।

उनले भने, ‘संसद चलिरहेको बेलामा यसरी गिरफ्तारी गर्नुपर्ने कारण के पर्यो ? अरु बाटाहरु पनि थिए। उहाँलाई बयान लिन सकिन्थ्यो होला। थुनामै राख्नुपर्ने कारण के पर्यो ?यो प्रतिशोधको भावले काम गरेको बुझाइ हाम्रो रह्यो। यसको गृहमन्त्रीले संसद र सार्वजनिक रुपमा जवाफ दिनुपर्यो।’

सांसद उदयशम्शेर राणाले पार्टीका एकपछि अर्का नेतामाथि सरकारले अभियोग लगाएको बताएका छन्।

Facebook Comments

सम्बन्धित समाचार