AarthikBikash
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • समाज
  • बाँकेमा बम विष्फोट, पूर्व–पश्चिम राजमार्गमा क्षति

बाँकेमा बम विष्फोट, पूर्व–पश्चिम राजमार्गमा क्षति

  • आइतवार, भदौ ३१, २०८०
बाँकेमा बम विष्फोट, पूर्व–पश्चिम राजमार्गमा क्षति

काठमाडौं- बाँकेको राप्ती सोनारी गाउँपालिका–८ नयाँ गाउँ नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान बम विष्फोट हुँदा सडकमा क्षति पुगेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार घटनास्थलमा विष्फोटक वस्तुमा प्रयोग भएका तार र चाउचाउको खोल भेटिएको छ ।

विस्फोटले सडकमा भ्वाङ परेको छ । प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक तिवारीले बताए । सडकमा भ्वाङ परेकाले एकतर्फी रुपमा मात्र सवारीसाधन सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार