AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • नबिल बैंकको क्रेडिट कार्डमार्फत् एफडि मोर्टर्सका स्कुटर किन्न सकिने

नबिल बैंकको क्रेडिट कार्डमार्फत् एफडि मोर्टर्सका स्कुटर किन्न सकिने

  • सोमवार, कार्तिक १३, २०८०
नबिल बैंकको क्रेडिट कार्डमार्फत् एफडि मोर्टर्सका स्कुटर किन्न सकिने

काठमाडौं-ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.ली (एफ डि मोर्टर्स) र नबिल बैंक ली.बिच एफ डि मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहज रुपमा क्रेडिट कार्डमार्फत् कर्जा सुबिधा पाउनेछन् । जस अन्र्तगत कुनै पनी ग्राहकहरुले एफ डि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर क्रेडिट कार्डमार्फत् किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरीद गर्न सक्नेछन् ।

एफ डि मोर्टर्सले हाल दुई ओटा मोडेल को इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइबको मुल्य रु. २,६१,९९९ र एफ फाइब एको मुल्य रु. २,९७,९९९ रहेको छ । छिटै ग्रन्थ ईभीले एफ फाइब प्रो र एफ फाइब ए प्रो बिक्रिको लागी ल्याउदैछ ।

एफ डि मोर्टर्स नेपालको स्कुटरमा प्रयोग भएको ५ विशेषताका कारण उत्कृष्ट भएर बजारमा सफल भइरहेको छ ।

विषेशताहरुः

१. साइड ड्राइभ मोटर

यस कम्पनीले आफ्नो मोटरमा पिएम एस एम साइड ड्राइभ मोटर जडान गर्ने छ, यस किसिमको मोटमा धेरै ट्र्रक हुने हुदा नेपालको बाटो सुहाउँदो हुनेछ । साथै यो मोटर साइड ड्राइभ भएको हुँदा मर्मत सम्भार गर्नुपर्दा अन्य इलेक्ट्रिक स्कुटरको जस्तो टायर नै निकाल्नपर्दैन । मर्मत सम्भार एकदमै सजीलो हुन्छ । साथै यस किसिमको मोटर प्रयोगले अन्य भन्दा बढि रेन्ज (माइलेज) समेत दिन्छ ।

२. ब्रेक रीजेनेरेसन

ब्रेक रीजेनेरेटिभ बिषेशता यस कम्पनीको इलेक्ट्रिक स्कुटरहरुमा पाइन्छ । यसले गर्दा एक्सीलीएटर दिइ सकेपछि मोटरले व्याट्रि प्रयोग गरी सकेको हुन्छ, तल सोही बखत कुदाइरहेको समयमा ब्रेक लगाइन्छ र ब्रेक लगाउदा अगाडि एक्सीलीएटरबाट खर्च भएर खेर जाने व्याट्रिलाई ब्रेक लगाउदा पुन सन्चिती गरीदीने गर्दछ । त्यसैले जाममा र अन्य समयमा ब्रेक लगाई राख्दा खेर जाने व्याट्रि पुन सन्चिती हुने हुदा रेन्ज (माइलेज) बढ्ने गर्दछ । यसलाई ब्रेक रीजेनेरेटिभ भनिन्छ । अझ ओरालो जादा ९७ प्रतिशत व्याट्रि बाट २० प्रतिशतसम्म आउँदा व्याट्रि चार्ज भई १० देखी १५ प्रतिशत सम्म बढ्ने गर्छ । हाल ब्रेक रिजेन भएको सफ्ट्वेर अपडेट नभएकाले ओडो मिटरमा भने देखाउँदैन, तर ब्रेक रिजेन भने भइनै रहेको हुन्छ ।

३. क्यान बस कम्मुनिकेसन कन्ट्रोलर

इलेक्ट्रिक स्कुटरहरुमा विभिन्न किसीमको वाइरीङ्ग हुन्छ, विभिन्न वाइरीङ्गले एक आपसमा आफ्नो आफ्नो काम गरी रहेका हुन्छन् । कन्ट्रोलरहरु, नर्मल र क्यान बस भएको हुन्छ । नर्मल कन्ट्रोलर ले एक आपसमा सम्बन्ध बनाएका हुदैनन्, एक आपसमा भएको सुचना अर्कोमा पठाउदैनन् । तर क्यान बस भएको कन्ट्रोलरले सम्पुर्ण इलेक्ट्रिक स्कुटरमा भएको सुचना एकै ठाउमा एक कठ्ठा संचित गरेर सम्पुर्ण पार्ट पुर्जा हरुको सुचना हरबहत आफ्नो अधिनमा राखेका हुन्छन् । हामीले एक्सीलीएटर दिँदा कति स्पिडमा कुदाउने गरी आदेश आयको छ त्यो हेरेर मोटरमा सुचना पठाउने, मोटरलाइ सोही अनुसारको व्याट्रि बाट चाहिने उर्जा लिन लगाउने, व्याट्रि लाई पनी मोटरले माग गरेको उर्जा पठाउन लगाउने र त्यस अनुसारको नभएमा तुरुन्तै फलो अप गरी काम अगाडि बडाउने काम क्यान बसले गर्दछ । यदि कुनै स्कुटर चलेन भने त्यसको बिभिन्न कारण हरु हुन्छन् । जस्तै मोटरमा खराबी हुन सक्छ, व्याट्रिमा खराबी हुनसक्छ, वाइरीङ्गमा खराबी हुन सक्छ, त्यस्तै अन्य कुरामा खराबी हुन सक्छ, त्यसैले क्यान बस कम्युनीकेसनले संचित गरेर सुचना राख्ने हुदा, उस्ले खराबी के हो अगाडिनै डिस्प्ले गराइदिन्छ, अब समयको पनी बचत भयो र मर्मत गर्ने बेला के खराबी भएको हो भन्दै खराबी नभएको पार्टस्मा हेर्न नपर्ने ।

४. टायरको साइज,

१६ इन्च अगाडि र १४ इन्च पछाडि पट्टीको रहेको छ । यसले गर्दा रोडमा ठोकिदैन । अली अग्लो र चलाउदा आरामदायी हुने हुन्छ । ग्राउण्ड क्लियरेन्स २०० एम एम भएकाले बाटोमा ठोकिने समस्या यस कम्पनीको स्कुटर हरुमा हुदैन । २०० एम एम ग्राउण्ड क्लियरेन्स भएको यस स्कुटर कुनै पनी खालको स्कुटरहरुमा नेपालमै पहिलो रहेको छ ।

५. लिथीयम फेरो फोस्फेट व्याट्रि

व्याट्रि प्राय तिन प्रकारको हुन्छ, लिथियम आयन (यसलाई एनएमसी  भनीन्छ), लिथियम फेरो फोस्फेट (यसलाई एल एफ पि भनिन्छ) र लिड एसिड । यसमध्ये सबैभन्दा राम्रो लिथियम फेरो फोस्फेट हो, (यसलाई एल एफ पि भन्छ)  यसमा २००० साइकल हुन्छ, त्यो भनेको २० % बाट १०० % हुदा एक साइकल मानीन्छ । यसरी दिनमा एक पटक फुल चार्ज गरी चलाउदा २००० दिन सम्म चल्छ, त्यो भनेको ५.४७ बर्ष हो, यदि कुनै दिन अघिल्लै दिनको चार्जले चल्छ भने एक दिन साइकल थपिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार