AarthikBikash
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • क्रिकेट
  • १० वर्षपछि नेपालले टी २० विश्वकप खेल्ने पक्का

१० वर्षपछि नेपालले टी २० विश्वकप खेल्ने पक्का

  • शुक्रबार, कार्तिक १७, २०८०
१० वर्षपछि नेपालले टी २० विश्वकप खेल्ने पक्का

काठमाडौं-नेपालले सन् २०२४ मा हुने टि२० विश्वकपमा स्थान पक्का गरेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको आइसिसी टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई पराजित गर्दै नेपालले विश्वकपमा स्थान पक्का गरेको हो।

नेपालले युएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा स्थान बनाएको हो। नेपालले युएईले दिएको १३५ रनको लक्ष्य १७.१ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो।

युएईविरुद्ध नेपालका ओपनर आशिफ शेखले अर्धशतक बनाए। नटआउट रहँदै उनले ५० बलमा ६३ रन बनाए। उनले ४ चौका र २ छक्का प्रहार गरे। त्यस्तै, नटआउट रहँदै कप्तान रोहित पौडेलले ३५ रन बनाए। गुल्सन झा २२ रन तथा ओपनर कुशल भुर्तेल ११ रन बनाएर आउट भए।

बलिङतर्फ युएईका निलान्स केश्वानी र बासिल हमेदले समान १–१ विकेट लिए।

युएईका लागि भृत्य अरविन्दले सर्वाधिक ६४ रनको योगदान दिए। ५१ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे। यस्तै, मुहम्मद वासिमले १६ बलमा २६ रन, अलिशान सराफुले १४ बलमा १६, आसिफ खानले १४ बलमा १३ रन जोडे।

बलिङतर्फ नेपालका लागि कुशल मल्लले तीन तथा सन्दीप लामिछानेले दुई विकेट लिए भने अविनाश बोहरा, सोमपाल कामी, रोहित पौडेलले एक–एक विकेट लिए।

आजै त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बहराइनलाई १० विकेटले पराजित गर्दै ओमानले पनि विश्वकपमा स्थान बनाएको छ।

नेपालले यसअघि सन् २०१४ मा टी २० विश्वकप खेलेको थियो।

Facebook Comments

सम्बन्धित समाचार