AarthikBikash
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • खेलकुद
  • भारतलाई हराउँदै अष्ट्रेलियाले जित्याे विश्वकप क्रिकेटकाे उपाधि

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्याे विश्वकप क्रिकेटकाे उपाधि

  • आइतवार, मंसिर ३, २०८०
भारतलाई हराउँदै अष्ट्रेलियाले जित्याे विश्वकप क्रिकेटकाे उपाधि

काठमाडौं – ट्राविस हेडको शतकसँगै अष्ट्रेलियाले घरेलु टोली भारतलाई स्तब्ध पार्दै विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

हैदराबादमा भएको फाइनल भिडन्तमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएको थियो । अष्ट्रेलियाले ओभरमा मात्र ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

उसका लागि हेडले तेस्रो विकेटका लागि मार्नश लाबुेशेनसँग १९२ रनको साझेदारी गरे । जितका लागि मात्र २ रन चाहिएको बेला उनी १३७ रन बनाएर आउट भए ।

यसअघि भारतले बिराट कोहली र केएल राहुलको अर्धशतकीय पारीको मदतमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार