काठमाडौं-फिफा विश्वकप–२०२६ छनोट चरणको दोस्रो खेलमा आज नेपालले यमनसँग प्रतिस्पर्धा गर्दैछ । खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बेलुका ७ बजे सुरु हुनेछ ।
अर्को चरणमा प्रवेशका लागि नेपाली टोलीलाई आज खेल जित्नै पर्ने दबाब छ । फिफा वरीयतामा यमन १५६औँस्थानमा रहेको छ भने नेपाल १७३औँ स्थानमा छ ।
विश्वकप एसिया छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपाल रहेको समूहमा यूएई, बहराइन र यमन छन् ।
नेपालले दोस्रो चरणको पहिलो खेलमा यूएईसँग ४–० को हार बेहोरेको थियो । यस्तै, बहराइनसँग २–० गोलले पराजित भएको यमन पनि अंकविहीन छ ।
यो प्रतियोगिता विश्वकप छनोट २०२६ का साथै एएफसी एसियन कप २०२७ का लागि दोस्रो चरणको छनोट पनि हो ।
आजको खेलका लागि एन्फाले साधारण प्यारापिटतर्फको ४ सय र भीआईपी प्यारापिटतर्फको १ हजार रुपैयाँ टिकट दर कायम गरिएको जनाएको छ ।