AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • खेलकुद
  • आईसीसी यू–१९ विश्वकप : पाकिस्तानविरुद्ध नेपालले २ विकेट गुमाएर बनायो ५९ रन

आईसीसी यू–१९ विश्वकप : पाकिस्तानविरुद्ध नेपालले २ विकेट गुमाएर बनायो ५९ रन

  • बुधबार, माघ १०, २०८०
आईसीसी यू–१९ विश्वकप : पाकिस्तानविरुद्ध नेपालले २ विकेट गुमाएर बनायो ५९ रन

काठमाडौं- आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानविरुद्धको खेलमा नेपालले ११ ओभर सकिँदासम्म दुई विकेट गुमाएर ५९ रन बनाएको छ ।

नेपालका लागि ओपनर बिपिन रावल २७ र चौथो नम्बरका ब्याट्सम्यान देब खनाल ८ रन बनाउँदै क्रिजमा छन् । बिपिनले २८ बलमा एक छक्का र तीन चौका तथा कप्तान देबले १० बलमा एक चौका प्रहार गरेका छन् ।काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानविरुद्धको खेलमा नेपालले ११ ओभर सकिँदासम्म दुई विकेट गुमाएर ५९ रन बनाएको छ ।

नेपालका लागि ओपनर बिपिन रावल २७ र चौथो नम्बरका ब्याट्सम्यान देब खनाल ८ रन बनाउँदै क्रिजमा छन् । बिपिनले २८ बलमा एक छक्का र तीन चौका तथा कप्तान देबले १० बलमा एक चौका प्रहार गरेका छन् ।ओपनर अर्जुन कुमाल भने १२ बलमा ६ रन बनाउँदै आउट भएका थिए । उनलाई पाकिस्तानी बलर अहमद हुसैनले बोल्ड गरेका थिए । पहिलो विकेटका रुपमा अर्जुनलाई गुमाउँदा नेपालले ४।२ ओभरमा २९ रन बनाएको थियो ।

नेपालले अतिरिक्त रुपमा पनि ११ रन पाएको छ । दोस्रो विकेटका रुपमा आकाश त्रिपाठी ६ रन बनाउँदै आउट भए । उनले १० बलमा एक चौका प्रहार गरे । उनलाई पनि पाकिस्तानी बलर अहमद हुसैनले अराफत मिनहसद्वारा क्याच गराए ।

६.५ ओभरमा आकाश आउट हुँदा नेपालले ४३ रन बनाएको थियो । उक्त खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । जारी प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार