AarthikBikash
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • खेलकुद
  • नेपालले अफगानिस्तानविरुद्ध पहिला बलिङ गर्दै

नेपालले अफगानिस्तानविरुद्ध पहिला बलिङ गर्दै

  • शुक्रबार, माघ १२, २०८०
नेपालले अफगानिस्तानविरुद्ध पहिला बलिङ गर्दै

काठमाडौं- आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

बफेलो पार्क इस्ट लन्डन दक्षिण अफ्रिकामा अफगानिस्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङ गर्ने भएको हो ।

नेपालले आजको खेलमा जित निकाले सुपर सिक्सको यात्रा तय गर्नेछ। समुह डी मा रहेका नेपाल र अफगानिस्तान दुवै जित विहिन छन्।

सुपर सिक्सको दुई समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन् । समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन् ।

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानविरुद्ध ५ विकेटले पराजित भएकाे थियाे ।

Facebook Comments

सम्बन्धित समाचार