mega darknetmega darknet
AarthikBikash
सोमवार, पुस ७, २०८२

हालको खबर

  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • खेलकुद
  • साफ यू-२० च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश

साफ यू-२० च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश

  • बिहिबार, भदौ ६, २०८१
साफ यू-२० च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश

काठमाडौं – साफ यू-२० च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा बंगलादेशलाई हराउँदै नेपाल समूहको विजेता भएको छ। यसअघि नै सेमिफाइनलमा पुगेको नेपालले बंगलादेशलाई २-१ को अन्तरले हराउँदै समूह विजेता बनेको हो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा घरेलु टोली नेपालले १६ औं मिनेटमा पहिलो गोल गरेको थियो। समिर तामाङले पहिलो गोल गरेको २ मिनेटभित्रै नराजन धामीले अर्को गोल थपेका थिए।

४३ औं मिनेटमा बंगलादेशले पेनाल्टीमा गोल फर्काएको हो। नेपालका राम थापाले बंगलादेशका मिराजुल इस्लामलाई पेनाल्टी बक्समा फल गरेपछि बंगलादेशले पेनाल्टी पाएको थियो। त्यसमा इस्लामले गोल गर्दै अन्तर कम पारेका हुन्।

६ राष्ट्र सम्मिलित प्रतियोगितामा समूह ‘ए’मा नेपालसहित बंगलादेश र श्रीलंका रहेका छन्। समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान रहेका छन्।

सम्बन्धित समाचार