AarthikBikash
शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • क्रिकेट
  • यूएईलाई हराउँदै नेपाली युवा महिला क्रिकेट टिम विश्वकपमा छनोट

यूएईलाई हराउँदै नेपाली युवा महिला क्रिकेट टिम विश्वकपमा छनोट

  • बुधबार, कार्तिक २८, २०८१
यूएईलाई हराउँदै नेपाली युवा महिला क्रिकेट टिम विश्वकपमा छनोट

काठमाडौं-नेपालले आईसीसी यु-१९ टी-२० महिला विश्वकपमा छनोट भएको छ । एसियाली छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई हराउँदै नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो ।

९ वर्षमुनिको महिला टी–२० विश्वकपको एशिया छनोटको निर्णायक खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायो । यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायो ।

नेपालकी सना प्रवीनले ३१, कप्तान पूजा महतोले २१, सोनी पाख्रिनले १७, सावित्री धामीले १२ रन बनाइन् । यूएईकी मेहक ठाकुरले २ विकेट लिइन् ।

यसअघि घरेलु मैदान सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनायो । यूएईकी समिरा धार्निधार्काले सबैभन्दा धेरै ३१ रन बनाइन् ।

नेपालकी कृष्मा गुरुङले ४, रिया शर्मा, कृष्मा गुरुङ र सिमाना केसीले दुई तथा रचना चौधरीले १ विकेट लिए । कृष्माले खेलको १८ औं ओभरमा ३ विकेट लिइन् ।

Facebook Comments

सम्बन्धित समाचार