AarthikBikash
सोमवार, चैत्र २४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • जनमत–नाउपाको एकता सहमति : १५ वैशाखमा घोषणा

जनमत–नाउपाको एकता सहमति : १५ वैशाखमा घोषणा

  • सोमवार, चैत्र २४, २०८१
जनमत–नाउपाको एकता सहमति : १५ वैशाखमा घोषणा

काठमाडौं-जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकताको सहमति भएको छ । आइतबार बर्दियाको मधुवन नगरपालिकाको अमरपुरमा बसेको एकता कार्यदलको बैठकले नाम र चुनाव चिह्नमा सहमति गरेको हो  ।

केही दिनपछि कार्यसमितिको बैठक बसेर एकता प्रक्रिया टुंग्याउने छ । पार्टीको संरक्षकमा रेशमलाल चौधरी र कार्यकारी अध्यक्षमा सीके राउत रहने सहमति भएको छ ।

यस्तै नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ भने तेस्रो वरीयताकी नेताका रूपमा रहने सहमति भएको छ । क्षेत्रको हिसाबले चितवनदेखि झापासम्म राउतलाई जिम्मा दिइएको छ ।

मस्यौदा समितिले चितवनदेखि पश्चिमसम्म चौधरीलाई जिम्मेवारी दिएको छ । पार्टीको नाम नागरिक जनमत र चिह्न ढकिया राखिने भएको छ ।

वैशाख दोस्रो साताभित्र पार्टी एकीकरणको विषय टुंगो लगाई वैशाख १५ मा घोषणा गरिने बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार