AarthikBikash
आइतवार, माघ २६, २०८२
  • होमपेज
  • खेलकुद
  • विश्वकप छनोटको तयारीका लागि २० खेलाडीसहितको नेपाली टोली बेंगलुरुमा

विश्वकप छनोटको तयारीका लागि २० खेलाडीसहितको नेपाली टोली बेंगलुरुमा

  • मङ्लबार, साउन ७, २०८२
विश्वकप छनोटको तयारीका लागि २० खेलाडीसहितको नेपाली टोली बेंगलुरुमा

काठमाडौं-आगामी आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको दोस्रो चरणको तयारीस्वरूप नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतमा बन्द प्रशिक्षण सुरु गरेको छ।

सोमबारदेखि सुरु भएको यो अभ्यास सत्र अगस्ट ३ तारिखसम्म भारतको बेंगलुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा जारी रहनेछ। नेपाल क्रिकेट संघ ९क्यान० का अनुसार, बन्द प्रशिक्षणमा २० जना खेलाडी सहभागी छन्।

नेपालस्थित भारतीय दूतावासको समन्वयमा तथा भारतीय क्रिकेट बोर्डको सहयोगमा उक्त शिविर आयोजना गरिएको हो।

शिविरमा सहभागी खेलाडीहरूमा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, रुपेशकुमार सिंह र विवेककुमार यादव छन्।

त्यसैगरी, रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दीप जोरा, सागर ढकाल, आकाश चन्द र शुभ कंसाकार पनि प्रशिक्षणमा सहभागी भएका छन्।

सम्बन्धित समाचार