AarthikBikash
आइतवार, माघ २६, २०८२
  • होमपेज
  • खेलकुद
  • साविक विजेता जनकपुरलाई ५ विकेटले हराउँदै काठमाण्डूको विजयी सुरुवात

साविक विजेता जनकपुरलाई ५ विकेटले हराउँदै काठमाण्डूको विजयी सुरुवात

  • शुक्रबार, पुस ४, २०८२
साविक विजेता जनकपुरलाई ५ विकेटले हराउँदै काठमाण्डूको विजयी सुरुवात

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डू गोर्खाजले पाँच विकेटको जित निकालेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंकशालामा सम्पन्न खेलमा जनकपुरले दिएको १३१ रनको सामान्य लक्ष्य काठमाण्डूले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

काठमाडौंको जितमा ओपनर बेन चार्ल्सवर्थले विष्फोटक सुरुवात दिलाएका थिए। उनले मात्र २३ बलमा ५ चौका र ३ छक्कासहित ४६ रन बनाए।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो। जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

काठमाण्डूका लागि बलिङमा भारतीय खेलाडी मिलिन्द कुमारले सानदार प्रदर्शन गरे। उनले आफ्नो ४ ओभरको स्पेलमा १५ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए।

त्यस्तै, कप्तान करण केसी, शाहब आलम र सन्तोष यादवले समान एक(एक विकेट लिए।

सम्बन्धित समाचार