काठमाडौं-काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा लुम्बिनी लायन्सविरुद्ध १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको काठमाण्डूले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५७ रनको योगफल खडा गरेको हो ।
काठमाण्डूका ओपनर आकाश त्रिपाठीले सर्वाधिक ३२ रन जोडे ।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेल, रुबेन ट्रम्पेलमन, शेर मल्ल र गुलबद्दिन नैबले समान दुई विकेट लिए ।