AarthikBikash
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • खेलकुद
  • नेपाल प्रिमियर लिग : उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी भिड्दै

नेपाल प्रिमियर लिग : उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी भिड्दै

  • शनिबार, मंसिर २८, २०८२
नेपाल प्रिमियर लिग : उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले खेल्दैछन् ।

त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे शुरू हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम र पहिलो पटक उपाधि नजिकै पुगेको लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । आज उपाधि जित्ने टोली नयाँ विजेता बन्नेछ ।

लुम्बिनीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल कप्तान र सुदूरपश्चिममा राष्ट्रिय टोलीकै उपकप्तान दीपेन्द्रसिंह ऐरी कप्तान रहेका छन् ।

पहिलो क्वालिफायरमा गएको मङ्गलवार विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम दोस्रो संस्करणको उपाधि नजिक पुगेको हो ।

लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराएको थियो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो ।

एनपीएलको विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५१ लाख रुपैयाँ, तेस्रो टोलीले २५ लाख रुपैयाँ र चौथो हुनेले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट एक जना नेपाली खेलाडीले पुरस्कारका रूपमा कार पाउनेछन् ।

सम्बन्धित समाचार