AarthikBikash
सोमवार, फाल्गुन १८, २०८२
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अमेरिकासँग वार्ता नगर्ने इरानको निर्णय

अमेरिकासँग वार्ता नगर्ने इरानको निर्णय

  • सोमवार, फाल्गुन १८, २०८२
अमेरिकासँग वार्ता नगर्ने इरानको निर्णय

काठमाडौं – इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारिजानीले अमेरिकासँग कुनै पनि वार्ता नगर्ने बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।

सञ्चार माध्यमहरूमा इरानले मध्यस्थमार्फत अमेरिकासँग पुनः वार्ता गर्न खोजेको भन्ने खबर सार्वजनिक भइरहेका बेला लारिजानीले ती दाबी अस्वीकार गरेका छन्। उनले लेखेका छन्, ‘इरान अमेरिकासँग वार्ता गर्ने पक्षमा छैन।’

लारिजानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कडा टिप्पणी गर्दै भनेका छन्, ‘ट्रम्पले झूटा आशा देखाएर मध्यपूर्व क्षेत्रलाई अराजकतामा धकेलेका छन्। अनि अहिले अमेरिकी सैनिकहरूको थप क्षतिप्रति चिन्तित बनेका छन्।’

उनले ट्रम्पका कदमलाई ‘भ्रमपूर्ण’ भन्दै ‘अमेरिका फस्र्ट’को  नारा ‘इजरायल फस्र्ट’मा रूपान्तरण गरेको आरोपसमेत लगाएका छन्। इजरायलको शक्तिको भोकका लागि ट्रम्पले अमेरिकी सैनिकहरूलाई बलि दिएकोसमेत उनले दाबी गरेका छन्।

दिवङ्गत सर्वोच्च नेता आयतुल्ला अली खामेनीका प्रमुख सल्लाहकारसमेत रहेका लारिजानीले इरानी सेनाले आक्रमण सुरु नगरेको दाबी गर्दै लेखेका छन्, ‘हामीले आक्रमणको सुरुवात गरेका होइनौँ।’

सम्बन्धित समाचार