AarthikBikash
सोमवार, फाल्गुन २५, २०८२
  • होमपेज
  • राजनीति
  • कैलाली-२ मा रास्वपाका केपी खनाल विजयी

कैलाली-२ मा रास्वपाका केपी खनाल विजयी

  • आइतवार, फाल्गुन २४, २०८२
कैलाली-२ मा रास्वपाका केपी खनाल विजयी

कञ्चनपुर – कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार केपी खनाल विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टी नेपालका पतिराम चौधरीलाई पराजित गर्दै खनाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

खनालले १९ हजार ५७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी चौधरीले ११ हजार ९ सय ४९ मत प्राप्त गरेका छन्।

यसैगरी, नेकपा (एमाले)का उम्मेदवार सूर्यबहादुर थापाले ७ हजार ८ सय ८६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँरले ७ हजार २ सय १३ मत प्राप्त गरेका छन्।

सम्बन्धित समाचार