AarthikBikash
आइतवार, चैत्र ८, २०८२
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • ट्रम्पको धम्कीपछि इरानद्धारा जवाफ दिने घोषणा

ट्रम्पको धम्कीपछि इरानद्धारा जवाफ दिने घोषणा

  • आइतवार, चैत्र ८, २०८२
ट्रम्पको धम्कीपछि इरानद्धारा जवाफ दिने घोषणा

एजेन्सी – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ ४८ घण्टाभित्र नखोले इरानमाथि ठुलो सैन्य आक्रमण गर्ने चेतावनी दिएपछि मध्यपूर्वमा तनाव झन् चर्किएको छ ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानलाई स्पष्ट सन्देश दिँदै निर्धारित समयभित्र होर्मुज खोल्न दबाब दिएका हुन् ।

उनले चेतावनी दिँदै भनेका छन् कि आदेश नमाने अमेरिकाले इरानका ऊर्जा पूर्वाधार, विशेषगरी पावर प्लान्टहरूलाई लक्षित गरी आक्रमण सुरु गर्नेछ, र त्यो पनि सबैभन्दा ठुलो केन्द्रबाट।

यसको जवाफमा इरानले कडा प्रतिक्रिया दिँदै कुनै पनि आक्रमण भए त्यसको प्रतिकार गरिने जनाएको छ। सरकारी सञ्चारमाध्यममार्फत इरानले चेतावनी दिएको छ कि यदि आफ्ना इन्धन तथा ऊर्जा केन्द्रहरू निशाना बनाइए भने अमेरिकासँग सम्बन्धित ऊर्जा संरचनामाथि प्रतिआक्रमण गरिनेछ ।

इरानले वर्तमान अवस्थालाई “युद्धको नयाँ चरण” मा प्रवेश भएको संज्ञा दिएको छ ।

सम्बन्धित समाचार