AarthikBikash
मङ्लबार, बैशाख ८, २०८३
  • होमपेज
  • खेलकुद
  • नेपाल र युएईबीचको दोस्रो टी–२० खेल आज

नेपाल र युएईबीचको दोस्रो टी–२० खेल आज

  • मङ्लबार, बैशाख ८, २०८३
नेपाल र युएईबीचको दोस्रो टी–२० खेल आज

काठमाडौं – नेपाल र युएईबीचको टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत आज दोस्रो खेल हुँदैछ ।

खेल कीर्तिपुरको टियु क्रिकेट रङ्गशालामा बेलुका ५ बजेदेखि शुरु हुनेछ । दिपेन्द्र सिंह ऐरीको कप्तानीमा सोमबार सिरिजको पहिलो खेल खेलेको नेपाल युएईसँग पराजित भएको थियो।

पहिलो खेल जीतेको युएईसँग शृङ्खला बराबरी गर्न नेपाललाई आज जित्नैपर्ने दबाब छ । टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल र युएईबीच अहिलेसम्म १२ खेल भएकोमा दुवैले समान ६/६ खेल जितेका छन् ।

टिममा ऐरीसँगै कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल छन् । त्यस्तै वैकल्पिक खेलाडीमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित समाचार