AarthikBikash
बुधबार, बैशाख २३, २०८३
  • होमपेज
  • खेलकुद
  • विश्वकप लिग-२ मा आज ओमानसँग खेल्दै नेपाल

विश्वकप लिग-२ मा आज ओमानसँग खेल्दै नेपाल

  • मङ्लबार, बैशाख २२, २०८३
विश्वकप लिग-२ मा आज ओमानसँग खेल्दै नेपाल

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल, ओमान र यूएई सम्मिलित सिरिजको अन्तिम खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ः३० बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा घरेलु टोली नेपालले यूएईलाई दुई पटक नै हराउँदा ओमानसँग भने एक खेलमा पराजित भएको थियो ।

तसर्थ ओमानलाई हराएर बदला लिने लक्ष्यका साथ नेपाल मैदानमा उत्रनेछ । यसअघिको खेलमा नेपालले १०२ रनको रनको फराकिलो हार ब्यहोरेको थियो ।

यसैबीच नेपाल क्रिकेट संघ (क्यान) ले आजको खेलको टिकट मूल्य ४०० रुपैयाँ बाट घटाएर २०० रुपैयाँ कायम गरेको छ ।

सम्बन्धित समाचार