काठमाडौं – आईसीसी लिग २ अन्तर्गतको नेपाल ओमानविरुद्ध ८१ रनले विजयी भएको छ ।
कीर्तिपुरमा सम्पन्न खेलमा नेपालले दिएको २५७ रन पछ्याउने क्रममा ओमान ३९ ओभरमा १७५ रनमा समेटिएपछि नेपाल विजयी भएको हो ।
नेपालका लागि गुल्सन झाले शानदार ५ विकेट हात पारेका थिए ।
त्यसअघि आशिफ शेखको ९४ रन र अर्जुन कुमालको ४८ रनको मद्दतले नेपालले ४९.५ ओभरमा २५६ रन बनाएको थियो ।
नेपालले कीर्तिपुरमा पहिलोपटक ओमानलाई पराजित गरेको हो ।
ओमानका लागि विनायक शुक्लले ३६ रन बनाएका थिए भने हमाद मिर्जाले ३४ रन बनाएका थिए । त्यस्तै असनैन उल वाहले २९ रन बनाउँदा हसैन शाहले १४ रन बनाएका थिए ।
नेपालका लागि सन्दीप लामिछाने, करण केसी र दिपेन्द्र सिंह ऐरीले १र१ विकेट लिएका थिए ।
लिगमा नेपालले यससँगै २४ खेलमा १८ अंकसहित लिगको सातौं स्थानमा रहेको छ भने ओमानले २८ खेलसहित ३१ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ ।
यसअघिको खेलमा नेपाल ओमानसँग १०२ रनले पराजित भएको थियो।