AarthikBikash
मङ्लबार, जेष्ठ १२, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • रौतहटमा झगडा छुट्टाउने क्रममा युवकको मृत्यु

रौतहटमा झगडा छुट्टाउने क्रममा युवकको मृत्यु

  • मङ्लबार, जेष्ठ १२, २०८३
रौतहटमा झगडा छुट्टाउने क्रममा युवकको मृत्यु

रौतहट – रौतहटमा झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका–४ का ३० वर्षीय विष्णु सुवेदी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घटना झगडा छुट्याउने क्रममा भएको हो ।

सोही क्रममा बारा, निजगढ नगरपालिका–६ का ३८ वर्षीय विमल मोक्तानले सुवेदीलाई धकेलेका थिए ।

धकेलिँदा गम्भीर चोट लागेपछि सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार