AarthikBikash
शुक्रबार, जेष्ठ २९, २०८३
  • होमपेज
  • राजनीति
  • सदनमा हर्कको प्रश्न : रक्षामन्त्री कहाँ हुनुहुन्छ ?सदनमा हर्कको प्रश्न : रक्षामन्त्री कहाँ हुनुहुन्छ ?

सदनमा हर्कको प्रश्न : रक्षामन्त्री कहाँ हुनुहुन्छ ?सदनमा हर्कको प्रश्न : रक्षामन्त्री कहाँ हुनुहुन्छ ?

  • शुक्रबार, जेष्ठ २९, २०८३
सदनमा हर्कको प्रश्न : रक्षामन्त्री कहाँ हुनुहुन्छ ?सदनमा हर्कको प्रश्न : रक्षामन्त्री कहाँ हुनुहुन्छ ?

काठमाडौं – श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले देशको रक्षामन्त्री को हो भन्दै प्रश्न गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्कीदप्की गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउन यस्तो भनेका हुन् ।

सदनमा रक्षामन्त्री खोज्दै साम्पाङले भने- ‘प्रधानमन्त्रीज्यू आउनुहुन्न । सभामुख महोदय रुलिङ गरेर भएपनि रक्षामन्त्री ल्याइदिनुपर्‍यो। सुस्तामा भारतीय सशस्त्र सीमा बल आएर नेपाली दाजुभाइहरुलाईमाथि हप्कीदप्की गरेको भिडियो आएका छन्। यस बेला नेपालका रक्षामन्त्री कहाँ छन्  हामी दुई चार वटा प्रश्न सोध्न चाहन्छौं ।

सुस्तामा भारतीय सशस्त्र सीमा सुरक्षा बल आएर नेपालीलाई हप्किदप्की गरेको भिडियो सार्वजनिक भएको उनले बताए ।

पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा केही भारतीय सुरक्षाकर्मी गस्ती सीमा क्षेत्रमा रहेको खोला तरेर नेपालतिर आएको भिडियो भाइरल भएको छ ।

उक्त भिडियोमा गस्तीमा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीयले प्रतिकार गर्दै रोकेपछि केही समय विवाद भएको पनि देख्न सकिन्छ ।

सम्बन्धित समाचार