AarthikBikash
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • खेलकुद
  • फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

  • बुधबार, असार ३१, २०८३
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं – फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । फ्रान्सलाई २(० ले हराउँदै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा पुगेको हो ।

स्पेनको जितमा मिकेल ओर्याजबल र पेड्रो पोरोले गोल गरे । खेलको २१ औँ मिनेटमा फ्रान्सका लुकास डिग्नेले पेनाल्टी एरियामा लेमिन यामललाई फाउल गरेका थिए ।

त्यसपछि स्पेनले पेनाल्टीको मौका पाएको थियो । उक्त मौकाको सदुपयोग गर्दै ओर्याजबलले स्पेनलाई पहिलो अग्रता दिलाए ।

खेलको ५८ औँ मिनेटमा पेड्रो पोरोले गोल गर्दे अग्रता दोब्बर बनाए । खेलको ६१ औँ मिनेटमा लेमिन यामलले प्रहार गरेको बलले जाली चुमेको थियो । उनको अफसाइड पोजिसनका कारण उक्त गोलले मान्यता पाएन ।

फाइनलमा स्पेनले अर्जेन्टिना र इंग्ल्यान्डको खेलबाट तय हुने विजेताको समाना गर्नेछ । स्पेनले यसअघि सन् २०१० को संस्करणमा विश्वकपको उपाधि उचालेको थियो ।

सम्बन्धित समाचार