AarthikBikash
मङ्लबार, भदौ १६, २०८३
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय शोक दिवस घोषणा गर्न माग

राष्ट्रिय शोक दिवस घोषणा गर्न माग

  • मङ्लबार, भदौ १६, २०८३
राष्ट्रिय शोक दिवस घोषणा गर्न माग

काठमाडौं – राष्ट्रियसभा सदस्य युवराज शर्माले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा ठूलो जनधनको क्षति भएकाले भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै शर्माले भोटेकोसी बाढीलाई जलवायु परिवर्तनसँगै मानवबाट प्रकृतिमा भएको गलत हस्तक्षेपले निम्त्याएको दुष्चक्रको प्रारम्भिक संकेतका रूपमा बुझ्नुपर्ने बताए ।

“भाद्र १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न सरकारलाई आग्रह गर्दछु,” उनले भने, “बाढीले ज्यान गुमाएकाप्रति शोक प्रकट गर्दछु ।”

शर्माले विपद्को पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि नेपालको सूचना प्रणाली अझै कमजोर रहेको भन्दै त्यसलाई अत्याधुनिक बनाउन सरकारको ध्यानाकर्षण गराए । उनका अनुसार भविष्यमा यस्ता विपद्बाट हुने मानवीय क्षति कम गर्न विश्वसनीय सूचना, पूर्वसूचना र तत्काल उद्धार संयन्त्र आवश्यक छ ।

“जे नहुनुपर्ने थियो, त्यो भइसक्यो,” उनले भने, “अब खोजी, राहत, उद्धार र पुनर्स्थापनामा सरकारको ध्यान केन्द्रित हुनुपर्दछ ।”

उनले विपद्का बेला प्रचारमुखी गतिविधिभन्दा परिणाम देखिने कामलाई प्राथमिकता दिन सरकारलाई आग्रह गरे ।

सम्बन्धित समाचार