AarthikBikash
शुक्रबार, भदौ १९, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सङ्खुवासभाको मकालुमा गोली हानी शिक्षकको हत्या

सङ्खुवासभाको मकालुमा गोली हानी शिक्षकको हत्या

  • शुक्रबार, भदौ १९, २०८३
सङ्खुवासभाको मकालुमा गोली हानी शिक्षकको हत्या

सङ्खुवासभा – सङ्खुवासभामा गोली प्रहार गरी एक शिक्षकको हत्या गरिएको छ।

मकालु गाउँपालिका–१ चिर्खाङमा गोली प्रहारबाट ३६ वर्षीय नरकुबिर खम्बु राईको हत्या भएको हो ।

राई कालिका आधारभूत विद्यालयमा शिक्षकका रूपमा कार्यरत थिए।

हत्यामा भरुवा बन्दुक प्रयोग भएको देखिएको सङ्खुवासभा प्रहरीले जनाएको छ । सदरमुकामबाट करिब १० घण्टाको दूरीमा रहेको घटनास्थलमा इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली पुगेको छ।

घटनामा संलग्न व्यक्तिको पहिचान तथा पक्राउका लागि अनुसन्धान सुरु गरिएको छ । विद्यालय परिसरमा राईको शव भेटिएको थियो। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरेको छ। घटना बिहीबार साँझ भएको बताइएको छ।

अघिल्लो समाचार

Reliable Online Casino
Reliable Online Casino

सम्बन्धित समाचार