AarthikBikash
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • खेलकुद
  • आसिफको शतकसँगै नेपालले यूएईसामु राख्यो ३१४ रनको लक्ष्य

आसिफको शतकसँगै नेपालले यूएईसामु राख्यो ३१४ रनको लक्ष्य

  • शनिबार, भदौ २७, २०८३
आसिफको शतकसँगै नेपालले यूएईसामु राख्यो ३१४ रनको लक्ष्य

काठमाडौं – एसीसी प्रिमियर कपको उपाधिका लागि जारी फाइनलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)लाई ३१४ रनको लक्ष्य दिएको छ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको हो।

नेपालका लागि ओपनर आसिफ शेखले शानदार शतक प्रहार गरे। उनले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रन बनाए।

त्यस्तै, गुलशन झाले ५२ रन बनाए। अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दीपेन्द्र सिंह ऐरीले १८ रन जोड्दा बसिर अहमद १५ रनमा अविजित रहे।

यूएईका इबरार अहमदले चार विकेट लिए। खुजैमा तनवीरले दुई तथा हैदर अली र अदीव उस्मानीले एक–एक विकेट लिए।

अब यूएईले उपाधिका लागि ३१४ रनको लक्ष्य पछ्याउनेछ। यो खेलको विजेताले सन् २०२७ मा बंगलादेशमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ।

सम्बन्धित समाचार