जनकपुर बन्यो एनपीएलको प्लेअफमा पुग्ने पहिलो टोली
काठमाडौं-नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्स प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेसँगै जनकपुर एक खेलअघि नै प्लेअफमा पुगेको हो। जनकपुरले आफ्नो ६ खेलमा पाँच जित निकालेको छ। काठमाडौंलाई हराएको जनकपुर अघिल्लो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो। त्यसअघि उसले लगातार चार खेलमा जित निकालेको थियो । जनकपुरले […]