काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगन थापा र राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुबाटार पुगेका छन् । प्रतिनिधिसभा बैठक सञ्चालन लगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतासँग छलफल गर्न लागेका हुन्। प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटवार्ताका लागि बोलाएका थिए । सभापति देउवाले महामन्त्री थापासहित सिटौलालाई पठाएका हुन् । संसदीय […]
काठमाडौं-प्रतिनिधिसभाको बैठक बस्दैँछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्तिय आयोगको पाँचौं बार्षिक प्रतिवेदन २०८० पेश गर्नेछन् । संघीय संसद सचिवालयका अनुसार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तराष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सबन्धित […]
काठमाडौं-सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन गर्नेबारे नेपाली कांग्रेसले आफ्नो अडान कायमै राखेपछि सभामुख देवराज घिमिरेले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बसेको बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि विना निष्कर्ष टुंगिएको हो । कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछाने माथि छानविनको माग […]
काठमाडौं-नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रोष्टमबाट सम्बोधन गर्न नदिने भएको छ। बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सहकारी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेलाई रोष्टमबाट सम्बोधन गर्न नदिने निर्णय गरेको हो । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएकाले गृहमन्त्री लामिछानेलाई रोष्टममा जान नदिने अडान लिएको छ। सभापति शेरबहादुर देउवाले दिउँसो सभामुखसहित सत्ता पक्ष र प्रतिपक्षबीच हुने […]