काठमाडौं – पोखरामा दुई जना जलेर घाइते भएका छन् । आइतबार पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित काहुँखोलामा दुई जना जलेर घाइते भएका हुन् । उनीहरुले घरभित्रै आत्मदाहको प्रयास गरेको बुझिएको छ । यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरुलाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्याइएको […]
काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्दाहरू सम्बोधन गर्ने बताउँदै सामाजिक चेतना र जागरण जरूरी भएको बताएका छन् । आइतबार दिउँसो मानव अधिकारका लागि महिला एकल महिला समूहद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूको यो कार्यक्रम अरु कार्यभन्दा पृथक र मौलिक लाग्यो। यहाँ तपाईहरूले एकल महिलाका हकअधिकारका […]
काठमाडौं – अवैध नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट संसद् तथा सरकारबाट बहिर्गमनमा परेका रवि लामिछानेले आज काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नेपालको नागरिकता लिने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका अनुसार पार्टीका पूर्वसभापति लामिछानेले प्रशासन कार्यालयबाट नेपालको नागरिकताको प्रमाणपत्र लिने भएका हुन् । अमेरिकी नागरिकता त्यागे पनि नेपालको नागरिकता पुनर्प्राप्तिको प्रक्रीया पूरा नगरी रास्वपाको सभापति […]