सुदूरपश्चिमको अविजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
काठमाडौं-नेपाल प्रिमियर लिग(एनपिएल)मा सुदूरपश्चिम रोयल्सले अविजित यात्रा कायम राख्दै चितवन राइनोजलाई ४९ रनले हराएको छ। १७० रनको लक्ष्य पछ्याएको चितवनलाई १२० रनमा अलआउट गर्दै सुदूरपश्चिमले लिगमा लगातार छैटौँ जित निकालेको हो। चितवनलाई सस्तैमा रोक्ने क्रममा पुनित मेहराले दुई ओभर १ बलमा १४ रन खर्चिँदै ३ विकेट लिए। यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, अविनास बोहरा […]