AarthikBikash
आइतवार, कार्तिक ११, २०८१
आइतवार, कार्तिक ११, २०८१

ब्रेक्इङ न्युज

सरुवा-बढुवाका लागि नेताहरुको घर चहार्ने प्रथा अन्त्य गर्छु : गृहमन्त्री लामिछाने
राजनीति
सरुवा-बढुवाका लागि नेताहरुको घर चहार्ने प्रथा अन्त्य गर्छु : गृहमन्त्री लामिछाने
  • ८ महिना अगाडि

काठमाडौं-उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीको प्रधान कार्यालयको अवलोकन तथा निरीक्षण गरेका छन् । गृहमन्त्री लामिछानेले प्रहरी प्रधान नक्सालमा आइतबार निरीक्षणका लागि पुगेका हुन्। गृहमन्त्री लामिछानेले नेपाल प्रहरीको प्रधान कार्यालयको अवलोकन तथा निरीक्षण गरी प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरसँग ब्रिफिङ लिएका छन्। प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि देशभरका जिल्ला प्रहरी प्रमुख र प्रदेशका डीआईजीहरुलाई भिडियो कन्फेरेन्समार्फत […]

मुद्दा खेपिरहेका व्यक्तिलाई गृहमन्त्री बनाएकाेमा राष्ट्रिय जनमोर्चाको आपत्ति
राजनीति
मुद्दा खेपिरहेका व्यक्तिलाई गृहमन्त्री बनाएकाेमा राष्ट्रिय जनमोर्चाको आपत्ति
  • ८ महिना अगाडि

काठमाडौं-राष्ट्रिय जनमोर्चाबाट राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले सहकारी घोटालाको आरोपमा मुद्दा चलिरहेको व्यक्तिलाई देशको उपप्रधान एवं गृहमन्त्री बनाउने कुरा अस्वभाविक भएको बताएका छन्। बिहीवारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले मन्त्रीमण्डल विस्तार गर्ने क्रममा अदालतमा मुद्दा चलिरहेको व्यक्तिमाथिको मुद्दाको किनारा नलागेका व्यक्तिलाई गृहमन्त्री बनाउनुपर्ने कुरा आश्चर्यजनक रहेको बताए। उनले नयाँ सरकारलाई जनताका जल्दाबल्दा समस्या समाधान गर्न सुझाव दिए।