काठमाडौं – निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको छ । केही दिनअघि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ताका लागि निवेदन दिइएको थियो ।
पार्टीलाई चुनाव चिह्न ‘गोलाकारभित्र घण्टी’ दिइएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
पार्टी दर्ता भएसँगै अब संगठन विस्तारमा केन्द्रित हुने सभापति लामिछानेले बताएका छन् ।