AarthikBikash
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ७ हजार ७३३ जना डेंगु संक्रमित, सात जनाको मृत्यु

७ हजार ७३३ जना डेंगु संक्रमित, सात जनाको मृत्यु

  • सोमवार, साउन २२, २०८०
७ हजार ७३३ जना डेंगु संक्रमित, सात जनाको मृत्यु

काठमाडौं- देशभर डेंगुको संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्टसम्म डेंगु संक्रमितको संख्या ७ हजार ७३३ पुगेको हो । यसअवधिमा सातजना डेंगु संक्रमितको मृत्यु भएको पुष्टि भएको महाशाखाले जनाएको छ ।

यसवर्ष नेपालमा डेंगुका चारवटै सेरोटाइप देखिएको छ । सेरोटाइप भन्नाले भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण रहेको महाशाखाको भनाइ छ ।

Facebook Comments

सम्बन्धित समाचार