AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • बालेनको अभिव्यक्तिलाई लक्षित गर्दै काठमाडौं प्रशासनले भन्यो: जथाभावी वक्तव्य नदिनू

बालेनको अभिव्यक्तिलाई लक्षित गर्दै काठमाडौं प्रशासनले भन्यो: जथाभावी वक्तव्य नदिनू

  • सोमवार, भदौ १८, २०८०
बालेनको अभिव्यक्तिलाई लक्षित गर्दै काठमाडौं प्रशासनले भन्यो: जथाभावी वक्तव्य नदिनू

काठमाडौं-जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी काममा खटिएका कर्मचारीहरुलाई निरुत्साहित गर्ने र सामाजिक सञ्जालमा जथाभावी वक्तव्य नदिन ध्यानाकर्षण गराएको छ ।

काठमाडौंका महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ट्राफिक प्रहरीबाट आफ्नो परिवारमाथि दुर्व्यवहार भएको आइतबार आरोप लगाएका थिए । त्यसको भोलीपल्ट सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

‘सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरुलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरुमा व्यक्त भएका अभिव्यक्तिहरुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ‘यसर्थ आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई कर्तव्य पालनामा बाधा अवरोध नपुऱ्याउनु हुन र विभिन्न सामाजिक सञ्जालहरुमा जथाभाव वक्तव्यबाजी नगर्नुरनगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’

गृह मन्त्रालयको निर्देशनानुसार सरकारी स्रोतसाधनको दुरुपयोग नियन्त्रणका लागि स्थानीय प्रशासन निरन्तर क्रियाशील रहेको विज्ञप्तिमा जनाइएको छ ।

शनिबार मेयर बालेनकी श्रीमती चढेको सरकारी नम्बरप्लेटको गाडीलाई ट्राफिक प्रहरीले जाँचका क्रममा कोटेश्वरमा रोकेको थियो । ट्राफिक प्रहरीले केहीबेर सोधपुछ गरी छोडेको थियो ।

श्रीमती चढेको आफ्नो सरकारी गाडीलाई ट्राफिकले रोकेको थाहा पाएपछि आक्रोशित बनेका मेयर बालेनले सामाजिक सञ्जालमार्फत ‘सिंहदरबारमा आगो लगाइदिने’ धम्की दिएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार