AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • सरकारले योग्यजतिलाई छाडेर त्रिवि उपकुलपतिको ‘सर्टलिष्ट’ बनायो : केपी ओली

सरकारले योग्यजतिलाई छाडेर त्रिवि उपकुलपतिको ‘सर्टलिष्ट’ बनायो : केपी ओली

  • बुधबार, फाल्गुन २, २०८०
सरकारले योग्यजतिलाई छाडेर त्रिवि उपकुलपतिको ‘सर्टलिष्ट’ बनायो : केपी ओली

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनीतिक दलको सेवा गरेर हिँड्नेहरूलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपतिको ‘सर्टलिष्ट’ बनाएको टिप्पणी गरेका छन् ।

बुधबार पार्टी निकट विद्यालय संगठन अनेरास्ववियुले च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

उनले योग्यजतिलाई छाडेर त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपतिको ‘सर्टलिष्ट’ बनाएको बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेरिटोक्रेसीको कुरा गरेर गठबन्धनका लागि जस्तोसुकै अनुचित क्रियाकलाप गरिसकेका योग्य सावित नहुनेहरूलाई त्रिविको उपकुलपति बनाउन लागेको बताए ।

दलीय आधारमा उपकुलपति हुँदैनन् भन्ने प्रधानमन्त्रीले मेरिटोक्रेसीको नाममा ठाडै राजनीतिक दलको सेवा गरेर हिँड्नेहरूलाई त्रिवि उपकुलपतिमा सर्टिङ गरेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

Facebook Comments

सम्बन्धित समाचार