mega darknetmega darknet
AarthikBikash
आइतवार, भदौ २२, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट न्यायाधीशद्वय रेग्मी र शर्माको इजलासमा

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट न्यायाधीशद्वय रेग्मी र शर्माको इजलासमा

  • आइतवार, फाल्गुन २७, २०८०
प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट न्यायाधीशद्वय रेग्मी र शर्माको इजलासमा

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्धको रिटको पेसी न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको इजलासमा परेको छ ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले प्रचण्डविरुद्ध दायर गरेको रिटमा आइतबार पेसी न्यायाधीशद्वय रेग्मी र शर्माको इजलासमा तोकिएको हो।

यसअघि न्यायाधीश ईश्वर खतिवडाको इजलासले अन्तरिम आदेशको छलफलमा बोलाएको थियो। २०७९ फागुन २६ गते अग्राधिकार र कारण देखाउ आदेश जारी गरेको थियो।

अधिवक्ता आरण र बुढाथोकीले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए।

२०७६ माघ १ गते माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा भएका मानिसहरूको हत्यामध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएका थिए।

उक्त विषयमा प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै उनीहरूले रिट दर्ता गराएका थिए। सुरुमा उक्त रिट दर्ता नगर्दै सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो।

दरपिठविरुद्ध उनीहरुले इजलासमा निवेदन दिएका थिए। उक्त निवेदनमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलासले प्रचण्डविरूद्ध उनीहरूले दिएका रिट दर्ता गर्न आदेश गरेको थियो।

सम्बन्धित समाचार