AarthikBikash
आइतवार, भदौ ३०, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • काभा महिला भलिबल : आज माल्दिभ्ससँग भिड्दै नेपाल

काभा महिला भलिबल : आज माल्दिभ्ससँग भिड्दै नेपाल

  • सोमवार, साउन २१, २०८१
काभा महिला भलिबल : आज माल्दिभ्ससँग भिड्दै नेपाल

काठमाडौं– काभा वुमन्स नेसन्स भलिबल लिगको अन्तिम खेलमा आज घरेलु टोली नेपाल र माल्दिभ्स भिड्दै छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने खेल अपराह्न ३ः१५ बजे शुरू हुनेछ ।नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो । दोस्रो खेलमा भारतमाथि ३–२ को रोमाञ्चक जित हासिल गर्दै नेपालले सेमिफाइनल स्थान सुरक्षित गरेको थियो ।आइतबार भएको तेस्रो खेलमा भने इरानसँग नेपाल ३–२ ले पराजित हुन पुग्यो । ६ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ ।

Facebook Comments

सम्बन्धित समाचार