AarthikBikash
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • पर्यटन बोर्डको सीईओमा दीपकराज नियुक्त

पर्यटन बोर्डको सीईओमा दीपकराज नियुक्त

  • बिहिबार, भदौ २०, २०८१
पर्यटन बोर्डको सीईओमा दीपकराज नियुक्त

काठमाडौं-नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त भएका छन् ।

बोर्डको सञ्चालक समितिको बिहीबार बसेको बैठकले जोशीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

जोशीले यसअघि पनि सीइओको रुपमा काम गरिसकेका छन् ।

बोर्ड सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे संयोजक रहेको तीन सदस्यीय ‘कार्यकारी प्रमुख छनौट उपसमिति’ ले अन्तिम १४ जना उम्मेदवारमध्येबाट बिहीबार जोशी, धनन्जय रेग्मी र ज्ञानेश्वर सिंह महतो गरी तीन जनाको नाम सिफारिस गरेको थियो ।

तत्कालीन सीइओ धन्ञ्जय रेग्मीको कार्यकाल २०८० माघ १४ मा सकिएपछि बोर्ड सीइओविहीन थियो ।

Facebook Comments

सम्बन्धित समाचार