AarthikBikash
शनिबार, फाल्गुन ९, २०८२
  • होमपेज
  • अर्थ/वाणिज्य
  • दुई हजार आठ सयले घट्यो सुन

दुई हजार आठ सयले घट्यो सुन

  • मङ्लबार, कार्तिक २०, २०८१
दुई हजार आठ सयले घट्यो सुन

काठमाडौं – स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार आठ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु एक लाख ६८ हजार दुई सय तोकेको छ।

यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको थियो। यस्तै चाँदीको मूल्यमा प्रतितोला रु २१ घटेको छ। महासङ्घले एक तोला चाँदीको मूल्य रु दुई हजार ३० तोकेको छ। यसअघि चाँदी प्रतितोला रु दुई हजार ९० मा कारोबार भएको थियो।

सम्बन्धित समाचार