AarthikBikash
शुक्रबार, कार्तिक २३, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • एकैदिन तोलामा ४ हजार रुपैयाँले घट्यो सुनको मूल्य

एकैदिन तोलामा ४ हजार रुपैयाँले घट्यो सुनको मूल्य

  • बिहिबार, कार्तिक २२, २०८१
एकैदिन तोलामा ४ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा बिहीबार एकैदिन सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण गरेको हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २०१५ रुपैयाँ रहेको चाँदी यस दिन १९६० मा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी मूल्यमा आएको उच्च गिरावटले नेपालमा प्रभाव देखिएको हो ।

Facebook Comments

सम्बन्धित समाचार