mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • बीआरआई सम्झौताबारे बुझ्दै नबुझी टिप्पणी नगरौँ : परराष्ट्रमन्त्री राणा

बीआरआई सम्झौताबारे बुझ्दै नबुझी टिप्पणी नगरौँ : परराष्ट्रमन्त्री राणा

  • शनिबार, मंसिर २२, २०८१
बीआरआई सम्झौताबारे बुझ्दै नबुझी टिप्पणी नगरौँ : परराष्ट्रमन्त्री राणा

काठमाडौं-परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बीआरआई सम्झौताबारे बुझ्दै नबुझी टिप्पणी नर्गन आग्रह गरेकी छन् ।

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन नेदरल्यान्डको हेग प्रस्थान गर्ने क्रममा परराष्ट्रमन्त्री राणाले यस्तो बताएकी हुन् ।

परराष्ट्रमन्त्री राणाले बीआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि २० गतेसम्मको चार दिने चीन भ्रमणका क्रममा नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा सहमति भएको थियो ।

उक्त सम्झौतामा ऋण लिने वा दिनेबारे कुनै निर्णय नभएको बताउँदै मन्त्री राणाले सम्झौताबारे बुझ्दै नबुझी टिप्पणी भइरहेको बताइन् ।

उनले ऋण लिने/दिने व्यवहार लिने पक्षको मञ्जुरी र आग्रहमा हुने भएकाले ऋण सम्झौता हस्ताक्षर गरियो भन्नु बचपना भएको बताइन् ।

नेपालले चीनसँग बिआरआई बाहेक अन्य कुनै सम्झौतमा हस्ताक्षर नगरेको पनि राणाले स्पष्ट पारेकी छन् ।

सम्बन्धित समाचार

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भोलि हुन लागेको ‘जेनजी’ आन्दोलन’मा समर्थन जनाएका छन्‌ ।  उनले उमेरका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको जानकारी गराएका छन् ।  सामाजिक सञ्जालहरूमा पोष्ट गर्दै उनले भनेका छन्- ‘भोलिको र्‍याली स्पष्ट स्वतस्फुर्तरूपमा जेन(जीको हो । उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतस्फुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’  प्रिय जेनजी, भन्नुस् तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?  जेनजी पुस्ताले स्वःस्फूर्त रूपमा र्‍याली आयोजना गर्न लागेकाले त्यसमार्फत आफ्नो स्वार्थ पूरा गर्न कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरूलाई बाठो नबन्न पनि बालेनले आग्रह गरेका छन्‌ ।  यस्तै सामाजिक सञ्जालमा कडाइ गरिएको भन्दै जेनजी पुस्ता सामाजिक सञ्जालमै आक्रोश पोख्दै सडक सोमबारदेखि संसद्‌ भवन नयाँ बानेश्वर र माइतीघर मण्डलाबाट आन्दोलनको तयारीमा छ ।