AarthikBikash
बिहिबार, पुस २५, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादीलाई तह लगाउने अन्तिम हतियार शान्ति प्रक्रियालाई ठानिँदै छ : प्रचण्ड

माओवादीलाई तह लगाउने अन्तिम हतियार शान्ति प्रक्रियालाई ठानिँदै छ : प्रचण्ड

  • बुधबार, पुस २४, २०८१
माओवादीलाई तह लगाउने अन्तिम हतियार शान्ति प्रक्रियालाई ठानिँदै छ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी सिध्याउने अन्तिम हतियार शान्ति प्रक्रियालाई बनाईएको आरोप लगाएका छन् । शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । उनले शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक कारणले नै टुंग्याउन कठिन भएको बताए।उनले आफू शान्ति प्रक्रिया र १२ बुँदे सहमतिका आधारमा समझदारीबाटै टुंग्याउनुपर्ने पक्षमा रहेको बताए ।

अध्यक्ष प्रचण्डले भने,’टुंग्याउन कठिन भएको राजनीतिक कारणले नै हो । त्यहाँ कन्फ्युजन हुनुपर्ने कुरा केही छैन। माओवादी सिध्याएर मात्रै के गर्नुपर्छ गरौँला भन्ने राजनीतिक सोच र प्रवृत्तिका मान्छे पनि छन् । यो कुरा आवेग पनि होइन, सेन्टिमेन्ट पनि होइन । राजनीतिक नेतृत्व र प्रवृत्ति त्यस्तो छ । टुंगिन लागेका बेला गएर रोक्छ । माओवादी नेतृत्वलाई तह लगाउन, ठिक गर्न र सिध्याउने अन्तिम हतियार यही हो । टुंग्याउनु हुन्न भन्ने प्रवृत्ति छ ।’

उनले एमालेप्रति लक्षित गर्दै माओवादी सिध्याएर मात्रै टुंग्याउने सोच र प्रवृत्ति रहेको बताए । पीडितले पनि सडकबाट राज्य र नेतृत्वलाई दबाब नदिए अर्को १८ वर्षमा पनि नटुंगिने खतरा रहेको उनले बताए । शान्तिपूर्ण ढंगबाट राजनीतिक नेतृत्वलाई दबाब दिए छिट्टै टुंगोमा पुग्ने उनको विश्वास छ ।

Facebook Comments

सम्बन्धित समाचार