AarthikBikash
मङ्लबार, असार २, २०८३
  • होमपेज
  • खेलकुद
  • बेल्जियम–इजिप्टबीको खेल बराबरीमा सकियो

बेल्जियम–इजिप्टबीको खेल बराबरीमा सकियो

  • मङ्लबार, असार २, २०८३
बेल्जियम–इजिप्टबीको खेल बराबरीमा सकियो

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक प्रतिस्पर्धामा बेल्जियम र इजिप्टले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

अमेरिकाको सियाटलमा गएराति सम्पन्न खेलमा इजिप्टले सुरुआती अग्रता लिए पनि बेल्जियमले दोस्रो हाफमा पुनरागमन गर्दै हार टारेको हो ।

खेलको १९औँ मिनेटमा इजिप्टका कप्तान मोहम्मद सलाहको उत्कृष्ट पासलाई सदुपयोग गर्दै इमाम अशोरले पेनाल्टी क्षेत्रभित्रबाट शक्तिशाली प्रहारमार्फत गोल गरे। राष्ट्रिय टोलीका लागि अशोरको यो पहिलो गोलसमेत बनेको छ।

पहिलो हाफमा इजिप्टले बेल्जियमको आक्रमणलाई सफलतापूर्वक नियन्त्रणमा राखे पनि दोस्रो हाफमा खेलको लय बदलियो। प्रशिक्षकले अनुभवी स्ट्राइकर रोमेलु लुकाकुलाई ६६औँ मिनेटमा मैदानमा उतारेपछि बेल्जियम थप आक्रामक बनेको थियो।

बेल्जियमको लगातार दबाबका बीच इजिप्टका डिफेन्डर मोहम्मद हानीले लुकाकुलाई रोक्ने प्रयासमा दुर्भाग्यपूर्ण रूपमा आफ्नै पोस्टमा गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो।

बाँकी समयमा दुवै टोलीले विजयी गोलका लागि प्रयास गरे पनि थप गोल निस्कन नसक्दा खेल बराबरीमै टुंगियो।

यस नतिजासँगै बेल्जियम र इजिप्टले विश्वकप अभियानको सुरुआती खेलबाट समान १–१ अंक जोडेका छन्।

सम्बन्धित समाचार