AarthikBikash
मङ्लबार, असार २, २०८३
  • होमपेज
  • खेलकुद
  • भोजिन्हो बने स्पेनका लागि तगारो, विश्वकप डेब्युमा केपभर्डेको ऐतिहासिक अंक

भोजिन्हो बने स्पेनका लागि तगारो, विश्वकप डेब्युमा केपभर्डेको ऐतिहासिक अंक

  • मङ्लबार, असार २, २०८३
भोजिन्हो बने स्पेनका लागि तगारो, विश्वकप डेब्युमा केपभर्डेको ऐतिहासिक अंक

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को पहिलो खेलमा स्पेन र केपभर्डे गोलरहित बराबरीमा रोकिएका छन्।

स्पेनले खेलभरि बल नियन्त्रणमा स्पष्ट पकड बनाए पनि केपभर्डेका गोलकिपर भोजिन्हो उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई हारबाट जोगाउन सफल भए। उनले स्पेनका एकपछि अर्को खतरनाक प्रहार विफल पार्दै खेलको नायक बने।

पहिलो हाफमा भोजिन्होले स्पेनका तीन उत्कृष्ट अवसर रोकेका थिए भने दोस्रो हाफमा थप चार प्रहार बचाउँदै केपभर्डेको पोस्ट सुरक्षित राखे।

स्पेनले लगातार आक्रमण गरे पनि केपभर्डेको रक्षापंक्ति र गोलकिपरको उत्कृष्ट प्रदर्शनका कारण गोल गर्न सकेन।

विश्वकपमा पहिलोपटक सहभागी भएको केपभर्डेले डेब्यु खेलमै महत्वपूर्ण अंक जोड्दै सबैको ध्यान खिचेको छ। बलियो टोली स्पेनविरुद्ध बराबरी नतिजा निकाल्नु केपभर्डेका लागि ऐतिहासिक उपलब्धि बनेको छ।

यो नतिजासँगै दुवै टोलीले समूह चरणको सुरुआती खेलबाट समान १–१ अंक बटुलेका छन्।

सम्बन्धित समाचार