AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • आर्थीक खबर
  • “होण्डा चुज योर स्किम” उपहार योजना

“होण्डा चुज योर स्किम” उपहार योजना

  • मङ्लबार, बैशाख ५, २०८०
“होण्डा चुज योर स्किम” उपहार योजना

काठमाडौं – नेपालमा सर्वाधिक रुचाइने टु ह्विलर भेइकल होण्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्ष २०८० शुभारम्भको सुखद अवसर पारेर “होण्डा चुज योर स्किम ” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।

योजना अन्तर्गत होण्डाको कुनैपनि बाइक वा स्कुटरको खरिदमा नगद रु. १ लाखसम्म जित्न सकिने स्क्र्याच कुपनसँगै रु. ८ हजारसम्मको स्पेयर पार्टस् ,इन्जिन आयल र २ वर्षसम्मको फ्री सर्भिसिङ्ग वा रु. १० हजारसम्मको अतिरिक्त स्क्र्याच कुपन वा रु. १२ हजार ५०० सम्मको ५ वर्षको लागि एनिवल मेन्टिनेन्स् कन्ट्र्याक (एएमसी) मध्ये कुनै एक स्किम रोज्न सकिने छ ।

नयाँ वर्षको अवसर पारेर ल्याइएको यस उपहार योजनाले ग्राहकहरुमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले लिएको छ । होण्डाले १% को ब्याजदरमा सरल फाइनान्स सुविधा प्रदान गरिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार