AarthikBikash
मङ्लबार, मंसिर १८, २०८१

हालको खबर

  • होमपेज
  • अर्थ/वाणिज्य
  • केन्द्रीय बैंकले २० अर्बको ट्रेजरी बिल नवीकरण गर्ने

केन्द्रीय बैंकले २० अर्बको ट्रेजरी बिल नवीकरण गर्ने

  • सोमवार, भदौ १८, २०८०
केन्द्रीय बैंकले २० अर्बको ट्रेजरी बिल नवीकरण गर्ने

काठमाडौ- नेपाल राष्ट्र बैंकले २० अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।

बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र एक वर्षको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार (भदौ १९ गते) जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी असोज ६ गते परिपक्व हुनेछ । त्यस्तै, ९१ दिनका लागि ७ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८० मंसिर १९ गते परिपक्व हुनेछ ।

साथै, १८२ दिनको लागि ७ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी फागुन २२ गते परिपक्व हुनेछ । एक वर्षको लागि २ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ भदौ १८ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

Facebook Comments

सम्बन्धित समाचार

एनपीएलमा सट्टेबाजी गराउने चार जना पक्राउ
एनपीएलमा सट्टेबाजी गराउने चार जना पक्राउ
आज चिनियाँ समकक्षीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री ओली
आज चिनियाँ समकक्षीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री ओली
कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल विजयी
कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल विजयी
चार दिने भ्रमणका लागि चीन पुगे प्रधानमन्त्री ओली
चार दिने भ्रमणका लागि चीन पुगे प्रधानमन्त्री ओली
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित दर्ता गरेको छ। सोमबार भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको हो।अनिल र आसिफ शेखले जनकपुरको पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।  आसिफ ३६ रनमा आउट हुँदा लाहिरू मिलन्थाले २४ रन जोडे । जिमी निशम १६ रनमा अविजित रहे । कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले २ विकेटको क्षतिमा १५ ओभरमा पूरा गर्‍यो। यसअघि पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले नै हराएको थियो।

एनपिएल : कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १४२ रनको लक्ष्य
एनपिएल : कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १४२ रनको लक्ष्य