AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन

  • मङ्लबार, भदौ १९, २०८०
सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं-सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने मंगलबार (भदौ १९ गते) अन्तिम दिन हो । सिटिजनले भदौ १५ गतेदेखि सर्वसाधारणलाई प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आईपीओ बिक्री खुला गरेको हो । सर्वसाधारणका लागि कुल ९० लाख कित्ता सेयर जारी भएको छ ।

यसमा सोमबार नै मागभन्दा बढी आवेदन परेका कारण मंगलबार बिक्री बन्द हुन लागेको हो । सीडीएसका अनुसार सोमबार साँझ सम्ममा ११ लाख ७७ हजार ४८ जना सर्वसाधारण आवेदकले १ करोड २४ लाख ५० हजार १२० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १.३८ गुणा बढी आवेदन हो । कुल ३ अर्ब ३ करोड ७८ लाख २९ हजार २८० रुपैयाँ बराबरको आवेदन परेको हो ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्स्योरेन्सलाई ‘इक्राएनपी ट्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।

Facebook Comments

सम्बन्धित समाचार