काठमाडौं-सेवा हाइड्रो लिमिटेड कम्पनीले आईपीओ प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ । सभा असोज २० गते यस कम्पनीको रजिष्टार्ड कार्यालय थापागाँउ, बानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ ।
सेयर जारी गरेपछि प्राप्त हुने रकम आयोजना निर्माण गर्दा कायम कर्जा तिर्न खर्च हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका बारेमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।